जनआस्थाको कार्यालयमा प्रहरीको खानतलासी, कम्प्युटरजन्य सामाग्री नियन्त्रणमा !

काठमाडौं । जनआस्था साप्ताहिक र अनलाइनको कार्यालयमा प्रहरीले खानतलासी लिएको छ ।

बुधबार राती पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले बिहीबार एकाबिहानै जनआस्थाको कार्यालयमा खानतलासी गरेको हो । सानेपास्थित कार्यालयमा पुगेर प्रहरीले कम्प्युटर र विद्युतीय उपकरणहरु नियन्त्रणमा लिएको जनाइएको छ ।

आज बिहान सातै बजे प्रहरी टोली पुगेको थियो । चार–पाँच जना प्रहरीहरु कार्यालयभित्र र अरु बाहिर बसेका थिए । भित्र पसेका प्रहरीहरुले कागजपत्र र कार्यालयका विभिन्न इलेक्ट्रोनिक डिभाइस संकलन गरेको जनाइएको छ ।

पत्रकार किशोर श्रेष्ठलाई गएराति प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *