असई डा. खिमप्रसाद पौडेल, जसले गरेका छन् ज्योतिषमा पिएचडी

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) खिमप्रसाद पौडेल एक राष्ट्रसेवक प्रहरीमात्र होइनन् । संगठनभित्र रहेका कतिपयलाई र उनको कार्यक्षेत्रका आम जनतालाई उनी एक असईमात्र हुन् भन्ने भान पर्न सक्छ, तर उनको परिचय र योग्यता त्यतिमात्र होइन, उनको अर्को परिचय हो–ज्योर्तिविद् खिम प्रसाद पौडेल ।

गुल्मीको मदाने–७ मा जन्मिएका पौडेलले नेपाल प्रहरीको जागिरसँगै उच्च अध्ययन पनि सम्पन्न गरेका छन् । ज्योतिष विद्यामा विद्यावारिधी (पिएचडी) गरेका पौडेलले लगाउने बर्दीको ‘नेमट्याग’मा यतिबेला डा. थपिएको छ । उनी यतिबेला म्च् प्.ए. एयगमभ िसहितको ‘नेमट्याग’मा प्रहरीको बर्दिमा खटिने गर्दछन् ।

गोरखा, रोल्पा, रुपन्देहीलगायतका जिल्लामा कर्तव्यनिर्वाह गरेका डा. पौडेल यतिबेला कपिलवस्तुमा कार्यरत छन् ।

प्रहरीको ड्युटीसँगै अध्ययनलाई निरन्तरता दिएका डा. पौडेल सामाजिक कार्यमा समेत खटिइरहने गर्दछन् । कविता लेखन र सामाजिक सहभागिता डा. पौडेलका व्यावसायिक ड्युटीसँगै रुचीका विषय हुन् ।

पौडेल अन्तर्राष्ट्रिय ज्योतिष परिषद्लगायतका विभिन्न सामाजिक संस्थाबाट सम्मानित हुँदै आएका छन् । पौडेलले २०१९ मा नै भारतको गोरखपुरमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष तथा धार्मिक सम्मेलनमा ‘गुरु गोरखनाथ सम्मान’बाट सम्मानित भएका थिए ।

पेशागत ड्युटीसँगै आप्mनो योग्यतालाई सँगैसँगै लैजाने कौशल भएका डा. पौडेल निकट भविष्यमा डेनमार्कमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा पनि सहभागी हुने तयारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *