कारको ठक्करबाट नेपालगञ्जमा ३ को मृत्यु



नेपालगञ्ज । नेपालगञ्जको सडकमा एक कारले ठक्करबाट तीन जनाको मृत्यु भएको छ।

नेपालगञ्चको बिपी चोक नजिकै सडकमा हिडिँरहेका एक महिला र दुई बालिकालाई कारले ठक्करदिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारको ठक्करबाट करिब ६० वर्षीया एक महिला र ५ वर्षका दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृत्यु हुनेहरूको पहिचान खुलेको छैन।

पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगे पनि उनीहरु सबैको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले कारचालक र कारलाई नियन्त्रणमा लिएको छ ।