नवलपुरलाई नमूना जिल्ला बनाउन सबै स्थानीय तहमा कांग्रेसको जित अपरिहार्यः केन्द्रीय सदस्य चौधरी



‘म कुनै गुटको होईन र म सबैलाई एकजुट बनौ भन्न यहॉ आएको हो, सबै मिलेर जसरी पनि नवलपुर जिल्लालाई कांग्रेसमय गराऔं । कुनै पनि मुल्यमा हामी सबै एक बनेर सबै स्थानीयतह हामीले जित्नुपर्छ’

यी शब्द गृह जिल्ला नवलपुरको तीनदिने राजनीति भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीका हुन् । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा कार्यकर्ताका भेटघाटका अवसरमा चौधरीले गुट उपगुटभन्दा पनि पार्टीको सच्चा सिपाहीलाई जिताउनुपर्ने अभिव्यक्ति दिएका हुन् ।

जिल्लाको बिनयीत्रिबेणी, मध्यबिन्दु, हुप्सेकोट र कावासोतीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा चौधरीले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले पार्टीभित्रको आन्तरिक प्रतिशोध र विमतीमा नफसेर पार्टीको उम्मेदवारलाई जिताउनु सबैको कर्तव्य भएको बताए । उनले भने, ‘कांग्रेस प्रजातान्त्रिक बिचार बोकेको पार्टी हो। आफ्नो आन्तरिक चुनावमा बिचारको लागी एकआपसमा प्रतिस्पर्धा हुनु स्वभाविक हो, सो प्रतिस्पर्धा सकिएर हामी सबै एकभएको अबस्था छ, अब हामी सबै एकसाथ अघि बढौं, आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई जीत दिलाऔ, यस्को लागी म तपाईहरूसँग सधैं सँगै रहन्छु।’

No description available.

केन्द्रीय सदस्य चौधरीले कार्यकर्ताहरूलाई हौसला थप्दै भने, ‘हामी राजनीतिको लागी राजनीति होईन कि विकासको लागी उद्यमको लागी र परिवर्तनको लागी राजनीतिक यात्रमा होमिएको हुँदा सबैजना एक भएर उत्पादनमुखी स्वावलम्बी र आत्मनिर्भर हुने काममा लाग्दै राजनीतिक यात्रालाई पनि सँगै अगाडि बढाऔ म तपाईहरूको साथमा सधैं छु।’

करिव तीन दशक बढीदेखि नवलपुर क्षेत्रमा उद्योग तथा विभिन्न सामाजिक काम गर्रै आएका कांग्रेस केन्द्रीय सदस्य चौधरीले नवलपुरलाई आफ्नो कर्मभूमि भएको बताउँदै यस जिल्लालाई नमूना जिल्ला बनाउने आफ्नो चाहना रहेको पनि बताए । उनले भने, ‘यो मेरो कर्मभूमि हो यहि भूमिले मलाई देश बिदेशमा चिनायो। म तपाईहरूकै भाई छोरा तथा कांग्रेसको एक ईमानदार सिपाही हुँ, तसर्थ हामी यो नवलपुरलाई देशकै नमुना जिल्ला बनाउन लागि परौं ।’ उनले नवलपुरलाई नमूना जिल्ला बनाउनका लागि सबै स्थानीय तहमा कांग्रेसको जित अपरिहार्य रहेको बताए ।

नेपाली कांग्रेस बिनयी त्रिबेणी गाउँ कार्यसमितिको आयोजनामा दुम्किबासमा भएको कार्यक्रममा नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ मात्र नभएर आफ्ना लागि नवलपुरका दुवै क्षेत्र बराबर भएको बताए । उनले दुवै क्षेत्रको विकासका लागि आफ्नो पक्षबाट सधैं उत्तीकै लागिरहने पनि प्रतिबद्धता व्यक्त गरे ।

No description available.

त्यस्तै चौधरीले जिल्लाकै हुप्सेकोट गॉउपालिकाको बिपी स्मृति भवनमा भएको कार्यक्रममा हुप्सेकोट गाउँपालिका कृषिका लागि योग्य भूमि भएकोले त्यसका लागि आफूले पनि पहल गर्ने बताए । उनले अगाडि भने, ‘यो ठॉउ ऑफैमा अति राम्रो, हरियाली, विकास र पूर्वाधारको लागी अघि बढि रहेको रमणीय ठॉउ छ, यहॉको भौगोलिक बनावट र यहॉको माटो कृषिको लागी अति योग्य भएको हुदॉ यसलाई कृषिको लागी पकेट एरियाको रुपमा स्थापित गर्नुपर्दछ ।’

राजनीतिक भेटघाटमा तीन दिन नवलपुर रहेका केन्द्रीय सदस्य चौधरीले नेपाली कांग्रेस जिल्ला कार्यसमिति,  प्रदेश सभाका सभापतिहरू, क्षेत्रीय सभापतिहरू साथै पार्टीका अन्य तहमा काम गर्ने नेता तथा कार्यकर्तालाई समेतलाई भेटी जिल्लाको पार्टी संगठनको बिभिन्न तहमा निर्वाचित भएकोमा बधाई एवं शुभकामना दिँदै आगामी निर्वाचनमा सबै एक बनेर कांग्रेसको जीतको लागी लाग्नुपर्ने धारणा समेत ब्यक्त गरे।

कार्यक्रममा जिल्ला सभापति महेन्द्र ध्वज जिसी, उपसभापतिद्वय चन्द्रबहादुर राना र बालकृष्ण घिमिरेलगायतका पदाधिकारी साथै अधिकांश जिल्ला कार्यसमितिका सदस्य, प्रदेशसभा सभापतिहरू साथै पार्टीको  बिभिन्न तहमा काम गर्ने नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

गॉउ कार्यसमितिको आयोजनमा भएको कार्यक्रममा बिनयीत्रिबेणीका सभापति अजित थापा र हुप्सेकोट गॉउ कार्यसमितिका अध्यक्ष बलबहादुर रानाले उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा ऑफ्नो धारणा राख्दै यस जिल्लाले विकासप्रेमी नेता विनोद चौधरी पाउनु राम्रो कुरा हो र अब सबै एकजुट बनेर आ–आफ्नो गॉउपालिकाबाट कांग्रेसलाई बहुमतका साथ जिताउन लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए ।