

भीरबाट ढुंगो खसेर लाग्दा खत्रीको मृत्यु

दैलेख । दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका-६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ढुंगो लागेर ज्यान गएको हो ।
बेस्तडा प्रहरी चौकीका अनुसार घर नजिकैको दाडीखोला जंगलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो टाउकोमा लागेको थियो । घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।