प्रहरी जवान नै हिरासतभित्र, महिलामाथि दुर्व्यवहारको आरोप



धनगढी । नेपाल प्रहरीका प्रहरी जवान दमनबहादुर विष्ट पक्राउ परेका छन् ।

डोटीमा कार्यरत बैतडी स्थायी घर भएका प्रहरी जवान विष्ट धनगढीकी एक महिलासँग आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको भन्दै परेको उजुरी पछि पक्राउ परेका हुन् ।

स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलाले रकम लेनदेनको विषयमा विवाद भएपछि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले सार्वजनिक मुद्दामा बिष्टलाई थुनामा राखिएको जानकारी दिए।

यस्तै उनलाई आज जिल्ला प्रशासन कार्यालयमा पेस गरिने पनि बताइएको छ।