

कांग्रेस खुला केन्द्रीय सदस्यको बाँकी २२८९ मतगणना हुँदै, शशांक शीर्षस्थानमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि मतगणना सुरु भएको छ ।
बिहान १० बजेदेखि सुरु हुने भनिए पनि करिब ४५ मिनेटपछि मतगणना सुरु भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणनामा शनिबारे अबेरसम्म चार हजार ६८२ मतमध्ये दुई हजार ३९३ मतगणना भएको थियो । निर्वाचन समितिका अनुसार अब दुई हजार २८९ मत गन्न बाँकी छ ।
शनिबार राति अबेरसम्म मतगणना गर्दा केन्द्रीय सदस्यमा पूर्वमहामन्त्री शशांक कोइरालाले एक हजार ९७१ मतसहित अग्रता लिएका थिए ।
३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन । आइतबार नै अन्तिम परिणाम आउने गरी मतगणना सक्ने तयारीमा निर्वाचन समिति छ ।