

कोरोनाविरुद्ध सरकार कडा रुपमा प्रस्तुत, उपत्यका छिर्नुअघि अनिवार्य कोरोना परिक्षण

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९) फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्नका लागि कोरोना परीक्षण अनिवार्य गरेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै डा. जागेश्वर गौतमले काठमाडौं प्रवेश नाकामा कोरोना परीक्षण गर्नुपर्ने बताए ।
पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले उक्त व्यवस्था गरेको छ ।
यसअघि नेपालमा पछिल्लो २४ घण्टामा देशभर १६२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ । यस्तै, बितेको २४ घण्टामा ५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७२ हजार ७८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०३० रहेको छ । आज ३ हजार ९ सय १९ जनाको पिसिआर परिक्षण गरिएको थियो। यस्तै, हिजो नेपालमा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।