

७७७७ संक्रमण मुक्त हुँदा देशभर थप २४०१ संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २४०१ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १६ हजार ३५६ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ७७७७ जना कोरोनामुक्त भएका छन भने १४ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अहिलेको अवस्थामा नेपालमा ३० हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।