

३८५ जना संक्रमणमुक्त हुँदा देशभर थपिए १२६ संक्रमित

काठमाडौं । नेपालमा गत २४ घन्टामा १२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ हजार ९३३ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा काठमाडौंमा २५, भक्तपुरमा ४ र ललितपुरमा ६ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा ३८५ जना कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा ७ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।