

३४९ संक्रमणमुक्त हुँदा देशभर थप २६० मा कोरोना पुष्टी

काठमाडौं । नेपालमा गत २४ घन्टामा २६० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८९८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै गत २४ घन्टामा नेपालमा ३४९ जना कोरोनामुक्त भएका छन् । भने १ जनाको कोरोना कै कारण निधन भएको छ ।
हालसम्म नेपालमा ११ हजार ५ सय ८२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा देशभर ३ लाख २९ हजार ३ सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै अहिलेको अवस्थामा नेपालमा ५ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् ।