देशभर ३५४ कोरोनामुक्त हुँदा थप १५८ मा संक्रमण पुष्टी

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६ हजार पाँच सय ४ जनाको कोरोना परीक्षण गर्दा थप एक सय ५८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या ११ हजार ९ सय ३८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मंगलबार तीन सय ५४ जना कोरोना मुक्त भएका छन्। हाल देशभर ७ हजार ९ सय ७१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *