

देशभर ३७६ कोरोनामुक्त हुँदा थप ८८ जनामा संक्रमण पुष्टी, १ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६३८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ३७६ जना कोरोनामुक्त भएका छन् भने कोरोनाकै कारण १ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ४८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
अहिलेको अवस्थामा नेपालमा ६ हजार १५० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २ लाख ३३ हजार ८ सय ५१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।