

उपत्यकामा १९१६ सहित देशभर थप ३५५३ मा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ९१६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा एक हजार ४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका हुन् ।
यससँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ३९६ पुगेको छ ।
अहिले देशभर १३ हजार ५०३ जना होम आइसोलेसनमा र ८३७ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ११० जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा ३५५३ जना कोरोना संक्रमित थपिँदा २७१ जना कोरोनामुक्त भएका थिए भने १ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।