

अमेरिकाले दियो विद्यालय उमेरका बालबालिकालाई लक्षित गर्दै ६६४५६० फाइजर खोप

काठमाडौं । अमेरिकाले नेपाललाई थप साढे ६ लाख बढी फाइजर खोप उपलब्ध गराएको छ । अमेरिकी दूताबासका अनुसार अमेरिकी सरकारले उपलब्ध गराएको थप ६६४,५६० डोज फाइजर कोभीड–१९ खोप कोभ्याक्समार्फत नेपाललाई उपलब्ध गराएको हो।
यी खोपहरू नेपालका विद्यालय जाने विद्यार्थीहरूका लागि चाँडै नै लगाइनेछ।
विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभीड–१९ बाट सुरक्षित राख्नको लागि १२–१७ उमेर समूहको यो खोपले निकै महत्वपूर्ण भूमिका खेल्नेछ बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत जनाएको छ ।