

लहानमा ड्रेन बनाउन सुरु, एक वर्षभित्र बनाउने लक्ष्यसहित शिलान्यास

सिराहा । सिराहा जिल्लाको लहान नगरपालिकामा ड्रेन बनाउन शिलान्यास गरिएको छ ।
नगरपालिकाको चार वटा वडामा पर्ने खुला नहरमा बनाइने ड्रेनको नगरपालिकाका मेयर महेश चौधरी, उपमेयर रारम चलितर महतो र वडाध्यक्ष रामअवतार शर्माले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
नगरपालिकाका वडा नं. ८,७,६,१० वडा पर्ने खुला नहरमा ड्रेन बनाउन नगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएपछि आज (मंगलबार) संयुक्त रुपमा शिलान्यास गरिएको हो ।
एक वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्यसहित ८ करोड ४८ लाख लागतमा यो निर्माण हुने यसको निर्माण सुलभ गुम्बा पीपी जेभी बालाजुले निर्माण गर्ने भएको हो ।