

‘लहान अन्तर्राष्ट्रिय महोत्सव’ चैतमा हुने

सिराहा । सिराहाको लहानमा लहान अन्तर्राष्ट्रिय महोत्सव २०८० हुने भएको छ ।
लहान नगरपालिका र जिल्ला उद्योग संघ सिरहा लहानको संयुक्त साझेदारीमा ‘लहान अन्तर्राष्ट्रिय महोत्सव–२०८०’ आउँदो चैतमा हुने भएको हो ।
उक्त महोत्सवको आयोजनाका लागि वाणिज्य संघको जिल्ला अध्यक्ष विकास शारडा र लहान नगरपालिकाका मेयर महेश चौधरीले आइतबार प्रस्तावना पत्र हस्तान्तरण गरेका छन् ।