

लहान नगरपालिकाले गर्यो धान दिवसमा किसानलाई पुरस्कृत

लहान । असार १५ अर्थात् धान दिवसका अवसरमा लहान नगरपालिकाले कृषकहरुलाई सम्मान गरेको छ । लहान नगरपालिकाका मेयर महेश चौधरीले धान दिवसका अवसरमा नगरभित्रका ३५ जना उत्कृष्ट कृषकहरुलाई नगदसहित पुरस्कृत गरेको हो ।
उक्त अवसरमा मेयर चौधरीले नगरपालिकाले उत्कृष्ट ३५ कृषकहरुलाई ५/५ हजार नगद र सम्मानपत्रसहित सम्मान गरेका थिए ।
मेयर चौधरीले किसानहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएकोले आगामी दिनहरुमा पनि कृषि पेशालाई अझै सुदृढ र सबल तरिकाले अगाडि लैजानका लागि अनुरोध समेत गरे । उनले नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको समेत जनाए ।
उक्त अवसरमा लहान नगररपालिकाका उपमेयर रामचलितर महतो, प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतम, वडा अध्यक्ष बद्री चौधरी, सुर्यनारायण चौधरी, श्याम अधिकारी, रमेश गौतम, गडुल बहादुर जर्घामगर, घुरन चौधरीलगायतको उपस्थिति रहेको थियो ।