लहानको विकासका लागि मेयर चौधरीको दौडधूप, योजना माग गर्दै एकैदिन ३ प्रदेशमन्त्रीसँग भेटघाट

लहान । लहान नगरपालिकाको विकासका पर्याय मानिएका नगरप्रमुख महेश चौधरीले लहानको विकासका लागि विभिन्न निकायमा पहल गर्दै आएका छन् ।

संघीय बजेट निर्माणको पूर्वसन्ध्यामा लहानको विकासका लागि संघीय सरकारसँग माग गर्नका लागि संघीय राजधानी काठमाडौं आएर विभिन्न मन्त्रालयहरुमार्फत् योजनाका लागि बजेटको माग गरेका मेयर चौधरीले अहिले प्रदेशस्तरमा विभिन्न मन्त्रीहरु योजना माग गरेका छन् ।

आइतबार मेयर चौधरीले मधेश प्रदेशका विभिन्न मन्त्रीहरुसँग भेटघाट गरेका छन् । लहानको चौतर्फी विकासका लागि मेयर चौधरीले मधेश प्रदेशका भौतिक तथा पूर्वाधार, स्वास्थ्य तथा कृषि मन्त्रीसँग भेटघाट गर्दै विभिन्न योजना माग गरेका छन् ।

लहानको विकासमा दिलो ज्यान लगाएका मेयर चौधरीले स्थानीय तहको बजेटमात्र नभई संघीय र प्रदेशस्तरबाट पनि प्रशस्त बजेटका लागि पहल गर्दै विभिन्न योजनाहरुको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *