

विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस मनाउँदै लहान नगरपालिका
जनसहभागिताका लागि मेयर चाैधरीको अनुरोध

लहान । सिराहाको लहान नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नगरपालिका प्रमुख महेश चौधरीले गणतन्त्र दिवसका अवसरमा लहान नगरपालिकाका विभिन्न स्थानमा सरसफाई तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरिन लागेको बताए ।
उनले लहानको घन्टाघर चोकमा बिहान ७ बजे उपस्थित हुनका लागि लहानबासीलाई आग्रहसमेत गरेका छन् ।
उनले नेपाली जनताको चाहनाअनुरुप स्थापना भएको गणतन्त्रलाई सफल र सक्षम बनाउनका लागि आम लहानबासीलाई अनुरोध गर्न उक्त कार्यक्रममा सहभागी हुनका लागि यहाँका जनसमुदाय, अगुवा, समाजसेवी, संघ–संस्थाका प्रतिनिधि, प्रहरी–प्रशासन तथा संचारकर्मीहरुलाई आगह गरेका छन् ।