सशस्त्रले फेला पार्यो हर्पन खोलामा बेपत्ता मिनबहादुरको शव

कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका २२ स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक जनाको शव २०८० जेठ १३ गते सशस्त्र प्रहरीले फेला पारेको जानकारी दिएकाे छ ।

सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने ६१ वर्षीय मिन बहादुर गुरुङ्गको शव सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको गोताखोर र फेवा रेस्क्यु टावरमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी, नेपाली सेना र स्थानिय प्रहरीको संयुक्त टोलीले खोजीकार्य गर्दा खोलाको १५ फिट गहिराइबाट बाहिर निकालेको हो ।

उनकोे शव पोष्टमार्टमको लागि गण्डकी अस्पताल कास्कीतर्फ पठाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *