आज गणतन्त्र दिवस, सैनिक मञ्चमा बिशेष कार्यक्रम सम्पन्न
काठमाडौं । आज गणतन्त्र दिवस ।
गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ ।
१६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो ।
सो बिशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षताको गठित गणतन्त्र मुल समारोह समितिले देशैभरी राज्यको तहवाट बिभिन्न कार्यक्रम सम्पन्न भयो । जुन कार्यक्रममा नेपाली सेना बिशेष परेडको आयोजना भयाे ।
सैनिक मञ्चमा आयोजना भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख, प्रधानन्यायधिस, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संबैधानिक निकायका प्रमुख तथा सदस्य, तीनैवटा निकायका सुरक्षा प्रमुखहरुको उपस्थिति थियो ।
यसैगरी, गणतन्त्र दिवसको अवसरमा सरकारी कार्यालय, राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन, बिभिन्न संघ संस्थाहरुले पनि आ-आफना किसिमले बिभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।
२०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि मुलुक क्रमशः गणतन्त्र उन्मुख हुन पुगेको थियो । २४० बर्षे जहानिया शाषनको अन्त्य गर्दै २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकमार्पफत मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएको थियो । सो घोषणासँगै नेपाल गणतन्त्रतात्मक मुलक भएको अवसरमा हरेक बर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाईदै आएको छ ।