

स्वर्णिमको निरन्तर अग्रता, भट्टराई र खनालको मत जोड्दा पनि २ हजार मतले अगाडि

काठमाडौं । आइतबार सम्पन्न उपचुनावअन्तर्गत तनहुँ १ मा गणना जारी छ ।
१३०६५ मत गनिसक्दा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । दोब्बरभन्दा बढी मतले अगाडि रहेका वाग्लेले ७२९३ मत प्राप्त गरेका छन् ।
गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत प्राप्त गरेका छन् । एमालेका सर्वेन्द्र खनाल २१३४ मत ल्याएर तेस्रो स्थानमा छन् ।
भट्टराई र खनाल दुवैको मत जोड्दा पनि वाग्ले करिब २ हजार मतले अगाडि रहेका छन् ।
हालसम्म भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको गरी जम्मा ८ वटा वडाको गणना सकिएको छ ।