

तनहुँ मतगणनाः सर्वेन्द्र खनाल झन्डै ७ हजार मतले पछाडी

तनहुँ । तनहुँमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल झन्डै ७ हजार मतले पछि परेका छन् ।
जिल्ला समन्वय समितिको सभाहलमा जारी १६ हजार ३४२ मतगणना सम्पन्न हुदाँ खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि परेका हुन ।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराई ५ हजार ३ सय ९५ मतले पछि परेका छन । बिहान ११ बजेसम्म भएको मतगणनामा भट्टराईले ३ हजार ८०३ मत मात्रै प्राप्त गरेका छन् ।