जेसिजसँग सहकार्य गरि समाजमा लागूऔषध दुर्व्यसनविरुद्धमा सहयोग हुन्छ: मेयर चौधरी

सिरहा ।  लहान सिटी जेसिजको २१ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह २०२३ को अवसरमा बोल्दै नगरप्रमुख  महेश प्रसाद चौधरीले लाहान नगरपालिका  भित्र  समाजमा बढ्दो क्रममा रहेका लागूऔषध दुर्व्यसन विरुद्धमा अभियान संचालन गर्न लहान सिटी जेसिजसँग सहयकार्य गरि सहयोग गर्ने  बताएका छन्।

नयाँ  निर्वाचित जेसिस  पदाधिकारीलाई सफलताको शुभकामना दिँदै जेसिसले युवाको नेतृत्व बिकासका लागी समाजमा  गरेको योगदानलाई  खुलेर प्रशंसा  गरेका  छन्।

मेयर चौधरीले समाजमा देखा परेका समस्यालाई जेसिसले  जसरि सहयोग गरेको छ हाम्रा राजनेताले पनि सिक्न जरुरि  रहेको बताए। जेसिस ले गर्दा नै लहानका युवाहरुमा गलत क्रियाकलाप  रोकिएको बताएका छन्। सोहि अवसरमा मेयर चौधरीले शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ भन्ने जेसीज आस्था रहेकोमा युवाको नेतृत्व विकास को लागि जेसिससँग सहकार्य गर्न तयार रहेको बताए।

युवा, महिला विकासका  कार्यक्रम जेष्ठ नागरिकका  कार्यक्रमहरु  जेसिसको सहकार्य  मा गर्न नगरपालिका तयार रहेको बताए।

जेसीज भनेको १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो  यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था होईन । यो संस्थाको केन्द्र विन्दु व्यक्ति – मानिस हो । सामान्य अवस्थामा जन्मले कोही पनि सक्षम वा असक्षम हुँदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ र उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ ।

जेसीजले आफना सदस्यहरुलाई उपयूक्त अवसरहरु उपलब्ध गराएर उनिहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको  व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने गर्दछ।

प्रत्यक्ष रुपले यस्तो भावना लिएर स्थापित गरिएको जेसीज पहिलो संस्था हो । समष्टिगत रुपमा जेसीजले मानविय विकासमा बढि जोड दिएको छ किन भने सक्षम मानिसहरुको विकास हुन सकेमा समाज, राष्ट्र र विश्वको स्वतः विकास हुन्छ ।

आजसम्म विश्व समुदायले जे जस्तो विकास गरेको छ ति सवै मानिसकै देन हुन । यस पृथ्वीको सवैभन्दा उत्कृष्ट प्राणी भनौ वा सबैभन्दा बहुमुल्य सम्पत्ति भनौ त्यो् कुनै हो भने केवल मानिस हो । अरु कोही हैन । यसप्रकार जेसीजले समाजको  निमित्त सक्षम एवं असल व्यक्तित्वको  निमार्ण गरी अप्रत्यक्ष रुपले समाजको विकास गर्दछ । साधन श्रोतको क्षेत्रमा जति सुकै सम्बृद्ध भए पनि त्यसको परिचालन गर्ने सक्षम व्यक्तित्वको नेतृत्व भएन भने परिणाम नकारात्मक नै आउँछ  बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *