

अमेरिकी राजदूत थम्पसन पहिलोपल्ट उपत्यकाबाहिर, लुम्बिनी हुँदै कर्णालीसम्म पुग्ने

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन पहिलोपल्ट उपत्यका बाहिरको भ्रमणका लागि निस्किएका छन् । नेपालस्थित अमेरिकी राजदूताबासको नेतृत्व लिएपछि राजदूत पहिलोपटक नेपालको कर्णाली र लुम्बिनी प्रदेशको भ्रमणमा निस्किएको जनाइएको छ ।
नेपालस्थित अमेरिकी दूताबासबाट जारी गरिएको एक जानकारीअनुसार उनी श्रीमती थम्पसनका साथै यूएसआईडीका निर्देशक सेपिडे केभान्शाडका साथ साताव्यापी भ्रमणका लागि निस्किएका हुन् ।
दूताबासको आधिकारिक फेसबुकपेजमा लेखिएको छ, ‘यस साता राजदूत डिन थम्पसन, श्रीमती थम्पसन र USAID Nepal निर्देशक सेपिडे केभान्शाड कर्णाली तथा लुम्बिनी प्रदेशहरूको भ्रमणमा निस्कनुभएको छ, जहाँ उहाँहरूले नेपालमा सामाजिक तथा आर्थिक समावेशीकरणको समर्थनमा अमेरिकी नियोगले नेपाल सरकार, स्थानीय समुदाय र सीमान्तकृत समुदायहरूसँग कसरी सहकार्य गरेको छ भन्ने कुराको प्रत्यक्ष जानकारी लिनु हुनेछ ।
राजदूत थम्पसनको काठमाडौँ उपत्यका बाहिरको यस पहिलो भ्रमणको प्रगतिबारे थप जानकारीका लागि हाम्रो सामाजिक सञ्जाल तथा USAID Nepal मार्फत हामीलाई फलो गर्नुहोला ।