मेयर चौधरीले गरे विद्यालयको भवन उद्घाटन



लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको वडा नं. २० स्थित माध्यमिक विद्यालय हनुमाननगर ब्रह्माण गोर्छारीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

उद्घाटनका लागि विद्यालयमा आएका मेयर चौधरीलाई विद्यालयका विद्यार्थी, शिक्षक एवं व्यवस्थापन समितिका सदस्यहरुले स्वागत गरेका थिए ।

उद्घाटन पछि मेयर चौधरीले नगरपालिकाले विद्यालयको शैक्षिक सुधारका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्ने जनाए । उनले लहानको शैक्षिक सुधार नै आप्mनो प्रमुख उद्देश्य रहेको बताउँदै आगामी बर्षका लागि शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

May be an image of 4 people