

ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालकसहित ५ जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा मुद्दा चलाउने गरी प्रहरीले मंगलबार ५ जनालाई पक्राउ गरेको छ ।
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणी केसीलाई सीआईबीले पक्राउ गरेको हो ।
उनीहरूलाई आजै सरकारी कागजात कीर्तेमा म्याद थप गर्ने तयारी छ ।
यसअघि अख्तियारले सोही प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री विजय गच्छदारसहितमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।