लहानका विद्यालयमा प्रविधिमैत्री कक्षा सञ्चालन



लहान । लहान नगरपालिकाले सामूदायिक विद्यालयहरुमा रहेको शिक्षण विधिलाई परिस्किृत र परिमार्जित गर्दै लैजाने लक्ष्यअनुरुप आईसीटी कक्षाका माध्यमबाट अध्ययन गराउन सुरु गरेको छ ।

लहान नगरपालिकाका मेयर चौधरीले नगरपालिका- १५ बानोको एक आधारभूत विद्यालयमा आईसीटी कक्षाको सुरुवात गरे ।

उक्त अवसरमा मेयर चौधरीले नगरभित्रका सामूदायिक विद्यालयहरुलाई क्रमशः प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिलेको २१ औं शताब्दीमा परम्परागत रुपमा भन्दा व्यावहारिक र प्रविधिको प्रयोग गरेर शिक्षण गराइने बताए ।

मल्टिमिडिया प्रयोग गरेर पढाउदा पठनपाठनमा सहज भएको विद्यालयहरुले जनाएको छ ।

May be an image of 6 people

May be an image of 4 people and text