लहानमा महिलालाई वित्तिय साक्षरता तथा मनोपरामर्श कक्षा सञ्चालन



लहान । लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले नगरपालिकाद्वारा सञ्चालित वित्तिय साक्षरता तथा मनोपरामर्श कक्षाको अनुगमन गरेका छन् ।

नगरको वडा नं. २२ स्थित बर्छवा गाउँमा चलिरहेको उक्त कक्षाका सहभागीहरुलाई हौसला प्रदान गर्दै मेयर चौधरीले महिला भनेको घरको लक्ष्मी भएकोले महिलाहरु आत्मनिर्भर र सक्षम हुनुपर्ने बताए ।

महिलाकै कारण घर बलियो हुने जनाउँदै मेयर चौधरीले महिलाहरुले विभिन्न सिपमूलक तालिमहरु लिएर आत्मनिर्भर बन्नुपर्ने बताए । उनले नगरपालिकाले महिलाहरुको हक हित र उत्थानका लागि भविष्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत प्रतिबद्धता जनाए ।

उक्त अवसरमा मेयर चौधरीले कक्षामा सहभागी सम्पूर्ण महिलाहरुलाई हौसला स्वरुप ५/५ सय रुपैयाँ दिने घोषणा गरेका थिए ।