

बाग्लुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृतक दुवैको सनाखत भएको छैन । मृतक दुवै पुरुष रहेका छन् ।
गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गबाट करिब ५०० मिटर तल खसेको हो ।
पिकअप जीप दुर्घटना हुँदा पर्वत जिल्ला कुश्मा नगरपालिका -१ का २८ वर्षीय राजेन्द्र माझी र सहचालक बागलुङ जैमिनी नगरपालिका राङखानीका दुर्गा पौडेलको मृत्यु भएको हो । गाडी बागलुङ नगरपालिका – २ सम्झना स्टोरको भएको पाइएको छ । बागलुङ देखि गलकोटसम्म पुगेर सामान बेचेर फर्किँदै गर्दा पिकअप दुर्घटना भएको हो ।