मेयर चौधरीले गरे होलीको शुभकामना व्यक्त 



लहान – नेपाली कांग्रेसको भातृ संगठन नेविसंघद्वारा आयोजित होली महोत्सव तथा स्वागत समारोहमा सम्बोधन गर्दै लहानबासीका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए ।

जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै आफूले पनि यही क्याम्पसमा अध्ययनरत गरेको बताउँदै क्याम्पसको पहिलो स्ववियु सभापति भएको समेत स्मरण गरे । उनले आफू २०४९ सालमा स्थापित क्याम्पसको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भएको स्मरण गराउँदै नयाँ विद्यार्थीहरुलाई स्वागत एवं होलीको शुभकामना व्यक्त गरे ।

उनले लहान नगरपालिकाका २ सय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको पनि जानकारी दिए । उनले २ सय गरिब विद्यार्थीलाई १० हजारको दरले छात्रवृत्ति प्रदान गरेको पनि बताए ।

उनले ३० वर्षअघिको स्ववियु सभापति अहिले स्थानीय सरकारको प्रमुख भएको बताउँदै उनले विद्यार्थीहरुलाई शुभकामना समेत दिए । यसअघिको स्थानीय सरकारले कुनै बजेट नछुट्याएको बताउँदै अहिले आफ्नो नेतृत्वले १ करोड रुपैयाँबराबरको दुईवटा बस हस्तान्तरण गरेको पनि उनले जानकारी गराए ।

शिक्षालाई पहिलो प्राथमिकता दिँदै मेयरले जबसम्म शिक्षाको पहुँच र अवसर सबैलाइ हुँदैन तबसम्म विकास नहुने बताए । उनले थपे अहिले शिक्षाकै कारण नै विभिन्न मुलुकहरू विकासको शिखरमा पुगेको बताए । त्यसैले लहानमा सबैभन्दा पहिलो विकासका रूपमा शिक्षा नै हुनुपर्ने बताए । त्यसका लागि जसरी पनि आफूले काम गर्ने र प्राथमिकता दिने बताए ।

त्यसैले यो देश र नगरको परिवर्तनका लागि नेपाली कांग्रेसले गर्नसक्ने बताउँदै आगामी स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउनसमेत उनले सबै विद्यार्थीहरुलाई आग्रह गरे ।