इन्स्पेक्टरको रिजल्ट निस्क्यो, को-को भए त अन्तर्वार्ताका लागि छनाैट ? (नामसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपदतर्फ रिक्त रहेको प्रहरी निरीक्षक पदका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

प्रहरी प्रधान कार्यालयको २०७८ मंसिर १० को विज्ञापनअनुसार जेठमा सञ्चालन गरेको लिखित परीक्षाको नतिजा आइतबार प्रकाशित भएको हो।

नतिजाअनुसार परीक्षामा सम्मिलित १५८१ जनामध्ये माग गरिएको १४८ सिटका लागि २१५ जना छनोट भएका छन् । तीन जनाको परीक्षा रद्द भएको छ।

परीक्षामा उत्तीर्णमध्ये खुला ८१ का लागि ११४ जना, अमर अशक्त तीनका लागि एक जना, महिला १३ का लागि २३ जना, आदिवासी जनजाति २२ का लागि ५२ जना, मधेशी १७ का लागि २७ जना दलित १० का लागि १८ जना र पिछडिएको क्षेत्र दुईका लागि आठ जना छनोट भएका छन्।

लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको असोज ९ गते बिहान ९ बजे नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नामः

Leave a Reply

Your email address will not be published. Required fields are marked *