नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी काफ्ले
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।
प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।
प्रवक्ता तोकिएका काफ्ले आइतबार डीआईजीमा बढुवा भएका हुन् । यसअघि प्रवक्ता रहेका डीआईजी विनोद घिमिरेको प्रशासन विभागमा सरुवा भएको छ ।
