नेपाल प्रहरीका यी १६ डिएसपीले गरे एमपीएस प्रवेश परिक्षा उत्तीर्ण

काठमाडौं — नेपाल प्रहरीको उच्च तहमा बढुवा हुनका लागि अनिवार्य रुपमा पास गर्नुपर्ने मास्टर्स इन पुलिस साइन्स ९एमपीएस० परिक्षामा १६ जना प्रहरी नायब उपरिक्षक –डिएसपी) हरु उत्तीर्ण भएका छन् ।

बढुवा हुनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एमपीएस कोर्ष उत्तीर्ण गर्नुपर्ने अनिवार्य भएपछि उक्त कोर्ष अध्ययनका लागि दिनुपर्ने प्रवेश परिक्षामा सहभागी भएका मध्ये १६ जना डिएसपी उत्तीर्ण भएका हुन् ।

उक्त परिक्षामा उत्तीर्ण हुनेमा डिएसपी विकास बमले पहिलो नम्बरमा नाम निकालेका छन् । त्यस्तै  डिएसपीहरु हरिप्रसाद पौडेल, प्रविण कार्की, नवराज ढुंगेल, केशवराज ज्ञवाली, गणेशचन्द्र कोइराला, राजेशराज पुरी, कमलराज पण्डित, रामकुमार राई, रमेश कुमार श्रेष्ठ, खगेन्द्र धमला, पुष्कर बोगटी, सुधिर राई, बसन्त पाण्डे, इन्द्रजित इटनी र निरञ्जन भट्टराईले प्रवेश परिक्षा उत्तीर्ण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *