ड्युटीका क्रममा सई धन थापाको निधन

नेपालगन्ज । कर्तव्य पालनका क्रममा (ड्युटीमा) नेपाल प्रहरीका नायब निरीक्षक (सई) धनबहादुर थापाको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहेका सई थापाको नेपालगन्ज बजारमा ड्युटी गर्ने क्रममा हृदयघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

ड्युटी गएका बेला सई थापा हृदयघात भएर एक्कासी ढलेका उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सक मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मिलनसार र संगठनप्रति कर्तव्यनिष्ठ सई थापा रोल्पाका स्थायीवासी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *