प्रहरीले माग्यो झण्डै १६ सय जनाको दरखास्त, कुन पदका लागि कति आह्वान ? (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रहरी जवान, हजाम, कुचीकार र खेलाडी पदहरुमा झण्डै १६०० जनाका लागि दरखास्त आह्वान गरेको हो ।

प्रहरीको सूचनाअनुसार प्रहरी जवान जनपथ तर्फ खुल्ला र विभिन्न समावेशी समूह गरी १५५३ जनाका लागि दरखास्त आह्वान गरेको छ भने ११ जना हजाम, १५ जना कुचीकार र १५ जना खेलाडीका लागि पनि दरखास्त आह्वान गरेको छ ।

ती पदहरुमा आवेदन दिनका लागि कात्तिक २८ गतेसम्मको म्याद तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *