नवनियुक्त प्रधानमन्त्री कार्कीको सुरक्षाका लागि डीएसपी थापाको कमाण्ड
काठमाडाैं – नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा डीएसपी निशान थापालाई खटाइएको छ । आईजीपी चन्द्रकुवेर खापुङले कार्कीको सुरक्षामा थापालाई पठाउने निर्णय गरेका हुन् ।
जेनजी प्रदर्शनको भावना अनुसार संविधानको धारा ६१ प्रयोग गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कार्कीले शितल निवासमा शपथ लिएकी छन् ।
नव नियुक्त प्रधानमन्त्री बालुवाटारमा नै बस्ने भएकी छन् । जेनजी प्रदर्शनको क्रममा प्रधानमन्त्रीको निवासमा आगजनी भएपनि मुख्य निवासमा आगजनी नभएको हुनाले त्यहि बस्न लागिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका एकजना अधिकृतले बताए ।
