भदौ १८ पछि प्रहरीमा चार एआईजी खाली, को–को छन् प्रतिस्पर्धामा ?

काठमाडौं । नेपाल प्रहरीमा यही भदौ १८ गते मध्यरातबाट चारजना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी)को दरबन्दी रिक्त हुँदैछ ।

एआईजी कृष्ण हरि शर्मा पोखरेल १५ गते, सुदीप गिरी र टेकबहादुर तामाङ १८ गते अनिवार्य अवकाशमा जाने भएका हुन् ।

त्यसपछि हालका बरियतामा शीर्षस्थानमा रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरिक्षक (आईजी)मा नियुक्त भएसँगै प्रहरीमा चार एआईजी रिक्त भएको हो । खापुङलाई शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले संगठनको ३२ औं प्रहरी महानिरिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को कमाण्ड गरिरहेका खापुङ कात्तिक २७ गतेसम्म नेपाल प्रहरीको आईजी बन्नेछन् ।

रिक्त एआईजीका लागि हालका प्रहरी नायब महानिरिक्षक (डिआईजी)हरु प्रतिस्पर्धामा रहनेछन् । ती मध्ये सुशील सिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर वि.क., ईश्वर कार्की, राजेन्द्र भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया प्रमुख दाबेदार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *