नेपाल प्रहरीको ३२औं आईजीमा चन्द्रकुवेर खापुङ नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको जनाइएको छ ।
यससँगै उनी नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरिक्षक बन्ने भएका छन् । खापुङले २ महिनाका लागि नेपाल प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।
हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् ।
