सेनाले माग्यो ३८८ जनाका लागि दरखास्त आह्वान (विज्ञापनसहित)
काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा ३८८ जनाका लागि भर्ना आह्वान गरेको छ ।
सेनाले प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा भर्ना खुलाएको हो ।
जस अनुसार नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओ ग्राफर, प्रचारप्रसार, इलेक्ट्रिसिएन, डिस्प्याचर, कम्प्युटर, डेण्टल, ध्वनी सम्पादन, ब्याण्डलगायतका पदमा भर्ना खुलाइएको छ ।
खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको छ ।

