

पोखरामा ९ मत खोज्दै पुनः मतगणनाको मागसहित एमालेले दियो निवेदन

पोखरा । पोखरा महागरपालिकाको वडा नम्बर १८ मा नौ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ ।
एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाएका छन् । ‘गणनामा गम्भीर त्रुटी छ । हराएको नौ मत हाम्रो हो,’ न्यौपानेले भने, ‘यो गणनामा गम्भीर आशंका छ ।’
उनले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताए । यहाँ एमालेका उम्मेदवार तीन मतले पराजित भएका थिए । एमालेका उम्मेदवार थापाले १ हजार ६४० कांग्रेसका तिमिल्सिनाले १ हजार ४४६ मत पाएका थिए ।
मत ४ हजार २४७ खसेकोमा ४ हजार २३८ मात्र भेटिएको थियो । तर, पोखराका अन्य वडामा पनि केही मत तलमाथि भएको छ ।