नवलपुरको मतगणना सम्पन्न, ६ वटा स्थानीय तहमा एमालेले बाजी मार्दा कांग्रेस २ मा सिमित

कहाँ कुन दलबाट कस्ले जिते ? (सूचीसहित)

नवलपुर । स्थानीय तह निर्वाचन – २०७९ मा पूर्वी नवलपुर जिल्लाको सम्पूर्ण स्थानीय तहको मतगणना सम्पन्न भएको छ । चार वटा नगरपालिका र चारवटा गाउँपालिका रहेको नवलपुरमा २ वटा बाहेक ६ वटा स्थानीय तहमा नेकपा एमालेले जित हात पारेको छ ।

नवलपुरको सदरमूकाम कावासोतीको मतगणना सम्पन्न भएसँगै नेकपा एमालेले ३ वटा नगरपालिकामा जित हात पारेको छ भने नेपाली कांग्रेसले गैंडाकोट नगरपालिका मात्र जित हात पारेको छ । नेकपा एमालेले कावासोती, मध्यविन्दु र देवचुली नगरपालिकामा जित हात पारेको छ ।

त्यस्तै ४ गाउँपालिका रहेको नवलपुरमा नेकपा एमालेले बौंदीकाली, बुलिङटार र विनयी त्रिवेणीमा जित हात पारेको हो । त्यस्नै नेपाली कांग्रेसले हुप्सेकोट गाउँपालिकामा मात्र जित हात पारेको छ ।

गत स्थानीय तह निर्वाचनमा नवलपरासीका ६ वटा स्थानीय तह प्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको थियो भने यसपटक ६ वटैमा हार ब्यहोरेको छ । यसपटक कांग्रेसले गत स्थानीय निर्वाचनमा हार ब्यहोरेको गैंडाकोटमा जित हात पारेको छ भने, अघिल्लो पटक जितेका बौंदीकाली, बुलिङटार, विनयी त्रिवेणी गाउँपालिकाका साथै मध्यविन्दु र देवचुली नगरपालिकामा हार ब्यहोरेको हो । बुलिङटारमा गाउँपालिका एमाले जित्दा उपाध्यक्ष भने नेपाली कांग्रेसका उम्मेदवारले जितेकी छिन् । अन्य सातवटै स्थानीय तहमा स्थानीय तह प्रमुख र उपप्रमुख एउटै दलका रहेका छन् ।

त्यस्तै नेकपा एमालेले गत स्थानीय तह निर्वाचनमा जितेको गैंडाकोट गुमाएको हो । यस्तो छ नवलपूरको अन्तिम गणनाअनुसारको जित हात पार्ने स्थानीय तह प्रमुख उपप्रमुखको नामावलीः

नवलपुर जिल्ला स्थानीय तह निर्वाचन २०७९ को अन्तिम परिणाम

राजनीतिक दल पालिका वडा
नेकपा एमाले ४८
नेपाली कांग्रेस ४१
माओवादी केन्द्र
राप्रपा
जम्मा ९२

 

१. गैडाकोट नगरपालिका

मेयर : मदन भक्त अधिकारी/कांग्रेस

उपमेयर: शान्ती कोईराला/ कांग्रेस

वडा अध्यक्ष: कांग्रेस: ११ वटा

एमाले: ६वटा

माओबादी: १

२. बुलिङ्गटार गाॅउपालिका

अध्यक्ष: दीपेन्द्र सुनारी मगर / एमाले

उपाध्यक्ष: दिल माया राना मगर /कांग्रेस

वडा अध्यक्ष: कांग्रेस: ५ वटा वडा

एमाले: १ वटा वडा

३. देबचुली नगरपालिका

मेयर: हरि न्यौपाने / एमाले

उपमेयर: पार्वता तिवारी/ एमाले

वडा अध्यक्ष: कांग्रेस: ६ वटा वडा

एमाले: ११ वटा वडा

४. कावासोती नगरपालिका

मेयर: बिष्णु प्रसाद भुषाल/एमाले

उममेयर: फुल कुमारी थनेत/ एमाले

वडाध्यक्षः नेपाली कांग्रेस:४

एमाले:१२

माओबादी: १

५. वौदीकाली गाॅउपालिका

अध्यक्ष: प्रकाश ओझा / एमाले

उपाध्यक्ष: दिल कुमारी सारू/ एमाले

वडा अध्यक्षः नेपाली कांग्रेस:२

एमाले: ४

६.हुप्सेकोट गाॅउपालिका

अध्यक्ष लक्ष्मी पाण्डे / नेपाली कांग्रेस

उपाध्यक्ष: पुर्ण सिं राना/ नेपाली कांग्रेस

वडा अध्यक्षः नेपाली कांग्रेस: ६ वटा वडा

७. विनयी त्रिबेणी गाउँपालिका

अध्यक्ष: घनश्याम गिरी/ एमाले

उपाध्यक्ष: भगवती बैदवार/ एमाले

वडा अध्यक्षः नेपाली कांग्रेस: २

एमाले: ४

राप्रपा: १

८. मध्यविन्दु नगरपालिका

मेयर: भीम लाल अधिकारी/एमाले

उपमेयर: पूर्ण कुमारी चौधरी/एमाले

वडा अध्यक्षः नेपाली कांग्रेस: ५

एमाले: १०

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *