

कावासोती नगरप्रमुख उपप्रमुखमा एमाले विजयी, कांग्रेसका महेन्द्र पोखरेल ३०४ मतले पराजित

कावासोती – नवलपुरको सदरमुकामा कावासोती नगरपलिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
सम्पन्न मतगणनाअनुसार कावासोतीको नगर प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
नगरप्रमुखमा एमालेक बिष्णु भुसालले नेपाली काङ्ग्रेसका महेन्द्र पोखरेललाई पराजित गरेका हुन् । उनले पोखरेललाई ३०४ मतले पराजित गरेका हुन् । भुसालले १८६०८ मत पाएका थिए भने पराजित पोखरेलले १८३०४ मत ल्याएका थिए ।
त्यस्तै गरी उपप्रमुखमा नेकपा एमालेकी फुलकुमार थनेतले १९०२४ मत ल्याउँदा माओवादी केन्द्रका पतिराम थनेतले १३५६१ मत ल्याएका थिए । पोखरेल यसअघिको २०७४ को निर्वाचनमा पनि पराजित भएका थिए ।