तनहुँको व्यासमा स्वतन्त्र उम्मेदवार जोशीको अग्रता



तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सुरूवाती अग्रता लिएका छन्।

बिहीबार बिहानसम्मको मतगणनाअनुसार जोशी ३३९ मतसहित अघि छन्।

यहाँ ६७५ मत गणना गर्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार बैकुन्ठनाथ न्यौपाने पछि परेका छन्। न्यौपानेले २०२ मतसहित जोशीलाई पछ्याइरहेका छन्।

वैशाख ३० को निर्वाचनका लागि जोशीलाई रामचन्द्र पौडेल समर्थित कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थिए । उम्मेदवार जोशी अहिले पनि अस्पतालमा उपचाररत छन् ।