तस्वीरमा यस्तो छ पोखराको पहिलो आकाशे पुल (फोटोफिचर)



कास्की । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो ।

इञ्जिनीयर रेग्मीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारैतर्पmबाट ओर्लन मिल्छ । आकासे पुलका लागि जमीनमुनि सिमेन्ट र जमीनमाथिका सबै संरचना निर्माणमा स्टिल प्रयोग गरिएको छ ।

पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालका अनुसार सबैको चासो र चर्चामा रहेको उक्त आकाशे पुलमा दिनभरी पैदलयात्रु एवं साँझपख सर्वसाधारणको घुइँचो नै लाग्ने गरेको छ । पोखरा–बगलुङ सडकको प्रवेशद्वारका रुपमा रहेको उक्त आकाशे पुलमा विशेष गरी साँझपख दृष्यावलोकन एवं सेल्फि खिच्नेको भिड देखिने गरेको उनको भनाइ छ ।

तस्बिरहरुः

तस्वीर साभारः www.risingnepaldaily.com