

तनहुँको ऋषिङमा पहिरोमा परी एक बेपत्ता

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।
ऋषिङ गाउँपालिका वडा नं. ८ माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा परेर बेपत्ता भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
बिहीबार बिहान ५:३० बजे घरबाट गोठमा गएका थापालाई माथिबाट खसेको पहिरोले पुरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । भिमादबाट तनहुँको ग्रामीण भेग जोड्ने श्रृङ्गपथमा ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको पनि जनाइएको छ ।
बेपत्ता थापाको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।