

डाइभर्सन योजना कालीगण्डकीवासी माथिको निर्मम प्रहार हो: बौंदीकाली गाउँपालिका (विज्ञप्तिसहित)

नवलपुर । बौंदीकाली गाउँपालिकाले कालीगण्डकी डाइभर्सन आयोजनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । गाउँपालिकाले एक विज्ञप्ति प्रकाशित गर्दै संघीय सरकारबाट प्रस्तुत भएको आगामी वर्षको बजेटमा कालीगण्डकी नदीको डाइभर्सनको सन्दर्भमा बजेट बिनियोजन गरी कार्यालयसमेत स्थापना गरेकोमा गाउँपालिकाको गम्भीर रुपमा ध्यानाकर्षण भएको बताएको छ ।
गाउँपालिकाका प्रमुख दुर्गाबहादुर रानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा कालीगण्डकी भनेको यस क्षेत्रका बासिन्दाहरुको मात्र नभई सम्पूर्णको आस्थाको धरोहर, साझा इतिहास, धर्म संस्कृति, जीवनरुपी सभ्यताको रुपमा रहेको र पहिचान दिने नदीको रुपमा रहेको कालीगण्डकीको डाइभर्सनको योजनाले आफूहरु मर्माहत बनेको बताइएको छ ।
विज्ञप्तिमा, कालीगण्डकी माथि मात्र नभई हाम्रो साझा सभ्यता र कालीगण्डकीबासी माथिको निर्मम प्रहार भएको बताइएको छ ।
विज्ञप्तिमा यस किसिमको कार्यको भत्र्सना गर्दै यस कार्यविरुद्ध एकताबद्ध भई सामना गर्नका लागि आवाज बुलग्न गर्न आ–आफ्नो ठाउँबाट सबैलाई अनुरोध समेत गरिएको छ ।