

अर्जेन्टिना फाइनलमा, ब्राजिलसित उपाधिका लागि भिडन्त

काठमाडौं – अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको हो ।
ब्राजिलमा भएको खेलमा निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । जसमा अर्जेन्टिना ३–२ ले विजयी भयो ।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी, लेनार्दाे प्रेडेस र लाउराटो मार्टिनेजले गोल गरे । डी पाउल गोल गर्न चुके । कोलम्बियका लागि जवान कौरार्डाे र मिगिउल बोर्जाले गोल गरे ।
डिभेन्सन सान्चेज, एरी मिना र इडिन कार्डाेले गोल गर्न सकेनन् । अब अर्जेन्टिनाले फाइनलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र ब्राजिलबीचको फाइनल खेल आउँदो आइतबार बिहान हुनेछ ।