

बन्धक बनाएर फिरौती माग्ने तीन जना पक्राउ

मोरङ – एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने एक महिलासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका –१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका–६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।
पक्राउ पर्नेहरुले मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१८ निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबार दिउँसो करिब १ः३० बजेबाट बन्धक बनाएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ पर्नेहरुले पीडितको परिवारसँग १० लाख फिरौती माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताए । प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गरेको प्रहरी नायव उपरिक्षक राईले बताए ।